Advertisement

पत्रकार महासंघ अध्यक्षमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

0 614

Advertisement

२८ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । मतगणना सकिए पनि केही जिल्लाको मत आउन बाँकी हुँदा निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी उत्सव मनाउन थालेका छन् ।

प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वमा गठबन्धन गरेको थियो । पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो ।

महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । निर्वाचन समितिका अनुसार ९५ प्रतिशत मत खसेको थियो । अध्यक्षमा पोखरेल विजयी हुँदा उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी र समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् ।

रोशन पुरी महासंघको महासचिव बनेका छन् भने गोविन्दप्रसाद चौलागाई खुला सचिव बनेका छन् । महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् भने आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक बनेका छन् । एशोसिएट सचिव पवन आचार्य बनेका छन् ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बनेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.