Advertisement

नारायणी नदीको धारनै परिवर्तन गर्ने

0 783

Advertisement

२७ चैत, चितवन । नारायणी नदीमा नदीजन्य पदार्थको उत्खनन्को जिम्मा पाएको ठेकेदार कम्पनीले नदीको धारनै परिवर्तन गरेपछि विवाद भएको छ ।

भरतपुर महानगरपालिकाले निकालेको ठेक्कामा छनौट भएको ठेकेदार कम्पनीले नारायणी नदीको धार परिवर्तन गराएर गैँडाकोट तर्फको बस्तीतिर सोज्याएपछि विरोध गर्नुपरेको गैँडाकोट नगरपालिका वडानम्वर १० का वडाअध्यक्ष देवीदत्त कडँेल बताउनुभयो ।

ठेक्का प्रकृया देखि उत्खनन गर्न सुरु गरेदेखि कुनै पनि समन्वय नगरेको र अहिलेकै तरिकाले उत्खनन गरे वस्तीनै जोखिममा पर्ने वडाअध्यक्षको भनाइछ ।

नदिको धार बीच भागबाट बग्ने गरी नदी जन्य पदार्थको उत्खनन गर्नुपर्नेमा गैँडाकोट तर्फकै भागमा पर्ने ठाउँमा करिव १ सय ५० मिटर लामो अग्लो छेकवार बनाई नदीजन्य पदार्थको उत्खननको तयारी भएको थियो ।

उक्त कार्य अवैधानिक भएको भन्दै गैँडाकोट नगरपालिकाले विरोध जनाएको छ ।

शुक्रबार जनप्रतिनिधि सहितको टोलीले अवलोकन गरी तत्काल समस्या समाधान गर्न माग गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.