Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता

0 1,072

२७ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टीभीसी( TVC) प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी( TVC) नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टविच सम्झौता हस्तान्तरण नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताउनुभयो ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् :

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.