Advertisement

प्रधानमन्त्री ओलीको साँढुभाइले अवैध रुपमा अर्बौं रुपैयाँ बेलायत र बेलारुसमा पठाएको खुलासा

0 2,701

Advertisement

२४ चैत, काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौं रुपैयाँ इच्छाराज तामाङले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको खुलासा भएको छ ।

आफू पनि बेलारुस जानका लागि रकम पठाए पनि राहदानी ‘सिज’ भएको कारण उनी अन्तिम चरणमा आएर उड्न नपाएका हुन् । ‘सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका छन् ।

त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन्’, पहिला इच्छारासँग नजिक रहेका तर अहिले रकम फिर्ता नगरेपछि टाढिएका एक निक्षेपकर्ताले मिडियामा भनेका छन्।

‘एक मिलियन अमेरिकी डलर अर्थात् करिब दश÷बाह्र करोड रुपैयाँ बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण इच्छाराजले त्यहाँ रकम पठाए ।

अहिले रकम फिर्ता माग्न आउनेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिनथालेका छन् ।’ नेपालमा गरेको आम्दानी यसरी विदेश लैजाने काम नै अवैध हो । त्यही अवैध काम गर्ने इच्छाराजले धम्की दिँदै कसैको पनि पैसा फिर्ता गरेका छनैनन् ।

इच्छाराज आफँलै कसरी सम्पत्ति आर्जन गरे भन्नेमा सम्पत्ति सुद्धिकरणको मुद्दा लगाउनुपर्ने अवस्था छ । तर, उनले सहकारीमा रकम जम्मा गर्नेहरुलाई भने पैसा मागेमा आफू पहुँचमा रहेको कारण सम्पत्ति सुद्धिकरणको मुद्दा लगाउने धम्की दिएका हुन् । इच्छाराजले आफू प्रधानमन्त्री केपी शर्मा ओलीनजिक रहेको भन्दै सहकारीमा रकम जम्मा गरेकाहरुलाई सम्पत्ति सुद्धिकरणको धम्की दिएका हुन् ।

‘पैसा माग्न जानेसँग उनले भेट दिँदैनन् र भित्र बसेर यति धेरै रकम कसरी सहकारीमा राख्न ल्याएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिऊँ भन्दै आफ्ना कर्मचारीमार्फत ती निक्षेपकर्तालाई धम्की दिन्छन् । ‘मैले काठमाडौंकै जग्गा बिक्री गरेर सिभिल सेभिङमा रकम राखेको हो’, एक निक्षेपकर्ताले आर्थिक दैनिकसित भने, ‘पैसा माग्न जाँदा कहिले महिनाको दश हजार लिनु त कहिले सधैं किचकिच गर्नुहुन्छ भने सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिन्छु भन्छन् ।’

इच्छाराजले आफ्नो श्रीमती प्रधानमन्त्री केपी शर्मा ओलीको साली भएको कारण आफू र प्रधानमन्त्री ओलीबीच साँढुदाइ÷साँढुभाइको नाता रहेको बताउने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको भन्दै इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका हुन् । तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दाको धम्की दिए पनि कतिपय व्यक्तिले काठमाडौंकै जग्गा बिक्री गरेर पनि सिभिल सेभिङमा रकम जम्मा गरेका छन् ।

सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् ।

करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए ।

काे हुन् अजेय सुमार्गी ?

अजेयराज सुमार्गी एक व्यवसायी हुन् । गत केहिमहिना अगाडि व्यापारिक कामका लागि भन्दै सुमार्गी दुबई गएका थिए ।, नेपालमा कान्तिपुरका मालिक कैलाश सिरोहियासँग विवाद उत्कर्षमा पुगेका बेला आफ्नो व्यक्तिगत कामको सिलसिलामा दुबई पुगेका सुमार्गीको बिदेश भ्रमणलाई जोडेर कान्तिपुर देनिकले अवैध रकमबारे छानबिन गर्न प्रहरीले पक्राउ गर्ने तयारी भएपछि सुमार्गी देशै छाडेर भागेको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।

अजेय सुमार्गीका भाई अरुण सुमार्गीले भने, ‘अनर्गल प्रचार गर्नेहरुले बुझुन् अजयराज सुमार्गी देश छाडेर भागेको थिएन र भाग्दैन’, उनले भने, ‘उहाँ पहिल्यै तय भइसकेको व्यवसायिक कामका लागि जानुभएको थियो, काम सकेर आइसक्नुभयो ।’

केहि महिना देखि अजेय सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाबीचको झगडा छताछुल्ल भएको हो । निरन्तर वार्गेनिङ गरिहेका सिरोहियालाई आफूले पैसा नदिएपछि मिडियाको दुरुपयोग गर्दै सिरोहियाले आफ्नो चरित्र हत्या गरेको सुमार्गीको आरोप छ ।

त्यति मात्र होईन व्यवसायी सुमार्गीले सिरोहियाबाट आफूलाई खतरा रहेको भन्दै प्रशासनमा उजुरी समेत दिएका थिए । तर, कान्तिपुर मिडिया ग्रुपद्वारा सञ्चालित विभिन्न सञ्चार माध्यममा सुमार्गीको विदेशमा रहेको २२ अर्ब रुपैयाँ अवैध भएको समाचार आएपछि सुमार्गी र कान्तिपुर मिडियाका अध्यक्ष कैलास सिरोहियाबीच जुहारी चल्दै आएको छ । उजुरीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ ।

सिरोहिया चरम आर्थिक संकटमा परेपछि उनकै आग्रहमा आफूले काठमाडौंको करिब ६ रोपनी जग्गा खरिद गरेको र आर्थिक स्थिति सुदृढ भएपछि र जग्गाको मूल्य वृद्धि भएपछि सिरोहियाले पूरानै मूल्यमा जग्गा फिर्ता गर्न दिएको दबाब अस्वीकार गरेपछि कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेका पत्रिका, रेडियो र टेलिभिजनमार्फत आफूविरुद्ध अनर्गल प्रचारबाजी गरेको आरोप सुमार्गीको छ ।

सुमार्गीले उजुरी दिएको भोलिपल्ट काम बिशेषले दुबई गएको अर्को दिन कान्तिपुरले सुमार्गी पक्राउ पर्ने डरले देश छोडे भन्ने समाचार प्रकाशन गरेको थियो । त्यति मात्र होईन उसले दुबईमा समेत सुमार्गी पक्राउ पर्न सक्ने कुरा पनि लेखेको थियो । तर, सुमार्गी न त भागेका रहेछन् न त पक्राउ नै परेका रहेछन् । त्यो समाचार तथ्यहिन जस्तै हुन पुग्यो ।

उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो ।

इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैं भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् । सर्वसाधारणले घर घेर्ने प्रयास गरे पनि घर घेर्ने काम गरे कसैको पनि पैसा फिर्ता नगर्ने धम्की दिने गरेका छन् । केहीलाई मासिक दश हजारका दरले फिर्ता गर्ने त केहीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने धम्की दिँदै इच्छाराज आफू प्रधानमन्त्रीनजिकको व्यक्ति भएको दाबी गरिरहँदा सर्वसाधारण भने थप मर्कामा परेका छन् ।

आजको आर्थिक दैनिकमा खबर छ । ब्याज राम्रो लिनको लागि सहकारीमा रकम जम्मा गर्नेहरु इच्छाराजले सावाँ नै खाइदिने भएपछि तनावमा छन् । ‘जग्गा बिक्री गरेको पैसा सिभिल सेभिङमा राखेको तर अहिले त पैसा दिने त कुरै छाडौँ पैसा मागेमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भनेर धम्की दिँदै आएका छन्’, एक निक्षेपकर्ताले भने ।

मुलुकको सहकारीसँग सम्बन्धित नियमहरूको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल होम्स प्रालिलाई असीमित ऋण प्रवाह गर्दै आएको सिभिल सहकारीको १८औँ वार्षिक प्रतिवेदन (३० पुस २०७५)अनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र ७ अर्ब एक करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ ।

होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ । सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको सो प्रतिवेदनले देखाउँछ । यी सबै व्यापारिक संस्थाका प्रमुख स्वयं इच्छाराज तामाङ हुन् ।

सिभिल होम्स प्रालिको आव २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थ कम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ । सिभिल सहकारीको आव २०७४÷०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आ.व.मा प्रवाहित २ करोड ७० लाख कर्जामध्ये दुई करोड सिभिल होम्स प्रालिमा छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७०३.३७ करोड बराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.