Advertisement

चितवनमा बन्दै गरेको पुल भत्कियो

0 1,580

Advertisement

२४ चैत, चितवन । चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ । भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २०० मिटर लामो पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो ।

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किन पुग्याे । सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनु भयाे। उहाँका अनुसार साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ । उनले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।

करिब २० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको यही असार मसान्तमा काम सकिने गरेर काम भइरहेको डिभिजन सडक कार्यालय चितवनका ईन्जिनियर शिव खनालले बताउनु भयो ।

पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने उनको अनुमान छ । यस बारेमा थप अनुसन्धान भैरहेको अधिकारीले बताउनु भयाे ।

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।

सोमवार पूर्वी नेपालमा गएको भूकम्पको साधारण धक्काले समेत असर गरेको हो कि भन्ने अनुमान गरिएको अधिकारीले बताए । भत्किएको पुलको भाग सफा गर्दा समय लाग्ने र वर्षा अघि पुलको यो खण्डको काम गर्न नसकिने उनले बताए । ‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भन्नु भयाे, ‘तर दुर्भाग्य यस्तो भयो ।’

कार्यालय प्रमुख अधिकारीले ठेकेदार कम्पनी राम्रो भएको बताए पनि स्थानीयले ठेकेदारले समयमा नै काम नसकेको भन्दै पटक–पटक विरोध गर्दै आएका थिए ।

ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयसमेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरीएकाे थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेकोबारे महालेखाले चासो व्यक्त गरेको जानकारकाे आराेप छ। २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भएको पुल २०७४ कात्तिक २० गते  भित्र बनाइसक्नुपर्ने थियो ।

२०७४ सालमा सपन्न गरिसक्नु यो पुल निर्माण कम्पनीले काम ढिलो गरेकाले अहिलेसम्म बन्न नसकेको ठिमुरा घिनाटार पक्की पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताउनुभयो ।

अहिले भने यो पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उहाँले जानकारी दिनुभयो ।
के कारणले पुल भत्कियो भन्ने प्राबिधिकहरुको अध्ययनपछि पत्ता लाग्ने इन्जिनियर खनालले बताउनु भयो ।

पुलमा ४ वटा स्पान राखिँदै छ । तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिने काम भइरहेको थियो ।।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.