पेट्रोलियम डिलर्स एसोसिएसनमा पुनः लीलेन्द्रप्रसाद प्रधान निर्वाचित
२२ चैत, काठमाडौँ । नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः लीलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा गरिएको निर्वाचनमा प्रधान विजयी भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनीलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनीलकुमार बिडला, महासचिवमा विश्वप्रसाद अर्याल, सचिवमा हिमाल गैरे, सहसचिवमा श्यामकुमार बुढाथोकी र कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएका छन्ए ।
सोसिएसनमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो ।
आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणमा निर्वाचित अध्यक्ष प्रधानले निगम र व्यवसायीलाई प्रविधिमैत्री बनाउनेतर्फ एसोसिएसनले पहलको काम गर्नेलगायत प्रतिबद्धता जनाएका छन् ।