Advertisement

“प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता” बैशाख १ गते बाट सुरु हुने

0 441

Advertisement

कमल राज ढकाल

२२ चैत, चितवन । मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीको आयोजनामा “प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता” हुने भएको छ।

नयाँ वर्षलाई लक्षित गरि बैशाख १ गते बाट फुटबल प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। युवाहरुलाई खेलकुदमा अभिप्रेरीत गर्न र नयाँ खेलाडी उत्पादन गर्ने सोचले सो प्रतियोगिता गर्न लागिएको मदन भन्डारी स्पोर्ट्स एमेडेमी कालिकाको अध्यक्ष पुर्ण चौधरीले(निशान) बताए ।

कालिका ब्याङ्क्वेट खोलेसिमलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनलेे खेलले मनोरञ्जन दिनुको साथै स्वास्थ्य पनि राम्रो हुने उल्लेख गर्दै नयाँ पुस्तामा भएको खेल प्रेमलाई जागरुक गर्न लागिएको बताए।

यस प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख एघार हजार एक सय एघार र द्वतिय पुरस्कार रु ५५ हजार पाँच सय ५५ रहेको छ। साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चाैधरीले बताएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.