Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कार दुर्घटना हुँदा युवकको मृत्यु, चालक घाइते

0 72

२० चैत, काठमाडौं । आज (शुक्रबार) बिहान कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी चालक भने घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरनजिक जडीबुटीमा आज बिहान सवा ७ बजेतिर बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको हो।

दुर्घटनामा कारमा सवार २१ वर्षीय जितम गुभाजुको मृत्यु भएको हो। कार चालक २१ वर्षकै वीरेन्द्र श्रेष्ठ भने सामान्य घाइते भएका छन्।

पेप्सीकोलाबाट जडीबुटी चोकतर्फ तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ भने दुर्घटनामा परेको कार काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागको नियन्त्रणमा छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.