Advertisement

बुढानीलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता

0 538

Advertisement

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । 

सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो।

स्रोतका अनुसार भेटमा देउवाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले स्पस्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्‍ने बताएका थिए। भेटमा प्रचण्डले कांग्रेस मौन बसेर रमिता हेर्दा ‌प्रधानमन्‍त्री केपी ओलीको स्वेच्छारिता बढेको भन्दै ओलीको विकल्प खोज्‍न ढिलाइ भइसकेको बताएका थिए। 

यसअघि पनि प्रचण्डले देउवासँग पटकपटक भेटेर वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिन आग्रह गर्दै आए पनि देउवा पर्ख र हेरको रणनीतिमा छन्। त्रिशंकु संसदको अंकगणित र सत्ता खेलमा अल्झिनुभन्दा चुनावमा जानु ठीक हुनेमा देउवाको जोड रहँदै आएको छ। भेटबारे बुझ्‍न खोज्दा  सभापति देउवाका स्वकीय सचिव भानु देउवाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिए। 

संविधानको धारा ७६ ९१० अनुसारको प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीको  त्यो हैसियत अब समाप्त भएको छ। सर्वोच्चको फैसलाअनुसार ओली संविधानको धारा ७६ ९२० को प्रधानमन्‍त्रीका रुपमा छन्। माओवादी केन्द्रले विश्‍वासको मत फिर्ता लिनसाथ उनी अल्पमतमा पर्नेछन्। त्यो निर्णय माओवादी केन्द्रले अहिलेसम्म गर्नसकेको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.