५ तस्विरमा हेर्नुहोस् टोयोटा ‘यासिर क्रस’
१७ चैत, काठमाडौं । टोयोटाले यारिस क्रसओभरको तस्विर सार्वजनिक गरेको छ । बी सेग्मेन्ट क्रसओभर कारको रुपमा बजारमा उतारेको यारिस आगामी सेप्टेम्बरबाट विक्री सुरु हुने अनुमान गरिएको छ ।
टोयोटाले यारिस ह्याचव्याकमा १८ इन्चको अलोय ह्वील, सिल्भर रुफरेल, अगाडि र पछाडि स्कीड प्लेट, लेदर अपहोलिस्टीक, लेदर स्टेरिङ जस्ता फिचर दिइएको छ ।
यारिसलाई पनि कम्पनीले हाइब्रिड इन्जिनको साथ बजारमा ल्याउने छ । १.५ लिटर थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिनको साथमा लिथियम आयोन व्याट्री र सानो इलेक्ट्रीक मोटर दिने छ । सिभिटी गियरबक्सको साथ आउने उक्त इन्जिनले ११४ हर्सपावर प्रदान गर्ने जनाइएको छ ।