सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो
१७ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
सोमबार २ सयले बढेको सुनका मूल्य मंगलबारका प्रतितोला ८६ हजार रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । गत शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।