Advertisement

म्यानमारमा हिंसात्मक झडप, एकैदिन ८९ जना प्रदर्शनकारीको मृत्यु

0 488

Advertisement

१५ चैत, एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् ।

बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै अमेरिकी राजदूतावासले पनि त्यहाँको सुरक्षाफौजले ‘निशस्त्र नागरिकहरुलाई’ मारिरहेको आरोप लगाएको छ ।

म्यानमारको सेना प्रमुख मीन आङ लाङले शनिबारै राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रजातन्त्रको रक्षा गर्ने बताएका थिए र निर्वाचन हुने आश्वासन समेत दिएका थिए । यद्यपि, निर्वाचन कहिले गर्ने भन्ने विषयमा भने उनले खुलाएका छैनन् ।

गत फेब्रुअरीमा त्यहाँ सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन हुँदै आएको छ । त्यसयता भएका हिंस्रक झडपमा ४ सय बढी प्रदर्शनकारीहरूको ज्यान गैसकेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.