Advertisement

शुक्रबार र शनिबार जस्तै आज पनि काठमाडौं उपत्यकाेकाे आकाशमा हावामा प्रदूषणको मात्रा उच्च

0 446

Advertisement

१५ चैत, काठमाडौं । काठमाडौंमा आज पनि प्रदूषणको मात्रा नघट्ने भएको छ । मौसमी प्रणालीमा फेरबदल नहुने भएकाले शुक्रबार र शनिबार जस्तै आज पनि प्रदूषणको मात्रा हावामा उच्च रहने छ ।

“विगत दुईदिनको जस्तै आज पनि वायुमा प्रदूषणको मात्रा नघट्ने देखिएको छ । सोमबार साँझसम्म यो कायम रहने छ,” मौसमविद् शान्ति कणेल भन्छिन्, “भोलि साँझबाट भने प्रदूषणको मात्रा केही कम हुने हाम्रो अनुमान छ ।”

सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी मौसमी प्रणाली भित्रिए पछि सोमबार साँझबाट प्रदूषण केही कम हुने उनको भनाइ छ । काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १५ सय मिटर छ । यो दिउँसो एक हजार मिटरमा झर्न सक्ने मौसमविद् कणेलले जानकारी दिइन् ।

“प्रि–मनसुनको समयमा पानी पर्न नसक्दा मौसम यस्तो हुन्छ । गत दुई वर्ष पनि यस्तो भएको थियो,” मौसमविद् मञ्जु वासी भन्छिन् । जाडो मौसममा पारदर्शिता ५० मिटरसम्म पनि हुन्छ तर त्यो वायुमा पानीका कणहरु भएका कारण हुने र त्यसलाई कुहिरो, कुहिरो अथवा सितलहर भनिने उनको भनाइ छ । सामान्य समयमा वायुको पारदर्शिता १० किलोमिटरभन्दा धेरै हुन्छ । विहान वायुको पारदर्शिता कम हुनुको कारण वायुमा पानीको कण भएकाले हुने तर दिउँसो भने प्रदूणका कारण हुने मौसमविद् मञ्जु बताउँछिन् ।

“काठमाडौं उपत्यका भएकाले माथिल्लो वायुमण्डलले तल्लो वायु मण्डललाई असर गरिरहेको हुन्छ । माथिल्लो भागमा मोस्चर छ तर तल्लो भागमा छैन । त्यसैले तलको हावा माथि जान पाउँदैन । त्यसैले तलको हावा तलै हरनुपर्दा काठमाडौंमा अहिलेको अवस्था आएको हो,” उनी भन्छिन्, “काठमाडौं उपत्यका बाहिर पनि अहिले भिजिविलिटी न्यून नै रहेको छ ।”

हावामा प्रदूषणको मात्रा उच्च रहेकाले अहिले धेरैले आँखा पोलिरहेको अनुभूत गरिहेको उनी वातावरण विभागका उप–महानिर्देशक तथा प्रवक्ता इन्दू विक्रम जोशी बताउँछन् । प्रि–मनसुनमा पानी नपर्दा यस्तो हुने गरेको उनको भनाइ छ ।

काठमाडौंमा डिजेल, मट्टीलेत, प्लाष्टिक बाल्ने तथा धेरै सवारी साधनको प्रयोगका कारण वर्सेनि यो समस्या झेल्नु परेको प्रवक्ता जोशी बताउँछन् । “प्रि–मनसुनमा १० प्रतिशत मात्रै कम सवारी साधन चलाउने हो भने वायु प्रदूषण हुँदैन । सरकारले यसतर्फ सचेत हुनुपर्ने देखिएको छ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.