Advertisement

यौन दुर्व्यहारः डाक्टरद्वारा इच्छाविपरीत संवेदनशील अंगमा हात हाले

0 744

Advertisement

१४ चैत, काठमाडौं । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैशवालले विरामीका आफन्तमाथि यौन दुर्व्यहार गरेको आरोप लागेपछि उनलाई अस्पतालले निलम्बन गरेको छ ।

पीडितले जिल्ला प्रहरी कार्यालयलयमा उजुरी दिएपछि डाक्टर जैसवाललाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । अस्पताल प्रशासनले शुक्रबार जारी गरेकाे सूचनामा भनिएको छ,‘डा.जैशवालले एक जना कुरुवा (विरामीलाई हेरचार गर्ने व्यक्ति) लाई अभद्र व्यवहार गरेको भनि आएको गुनासोका कारण शुक्रबारदेखि नै उनलाई पदबाट निलम्बन गरिएको छ ।’

जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छाविपरीत संवेदनशील अंगमा छोएको पीडित महिलाले बताएकी छन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका बिरामीका कुरुवा मिलेर उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो। अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

तिलाठी कोइलाडी गाउँपालिकाकी ३२ वर्षीया महिला दुई दिनअघि सुत्केरी भएकी नन्दलाई भेट्न अस्पताल आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको उनले बताइन् ।

‘मसँगै आएका श्रीमानलाई औषधि लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे’ उनले भनिन्, ‘मैले चिच्याएपछि अरु मानिसहरु पनि आए ।’ चिकित्सकले नै आपत्तिजनक व्यवहार गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः
केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन्। डा. जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए।

आरोपित डाक्टरलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।  प्रहरी प्रमुख धमलाले भने ‘पीडित पक्षले उजुरी दिएको छ,हामी डाक्टरलाई हिरासतमा लिएर अनुसन्धान गर्दैछौं । विस्तृत जानकारी अनुसन्धापछि जानकारी गराउँछौ ।’ 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.