Advertisement

म्यान्मार प्रदर्शनमा पक्राउ छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

0 739

Advertisement

१२ चैत्र, याङ्गुन (सिन्ह्वा) । म्यान्मारमा सेनाको ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन् ।

इन्सेन जेलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार ६२८ प्रदर्शनकारी बुधबार रिहा भएका हुन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले भने । सूचना दिने ती व्यक्तिको नाम गोप्य राखिएको छ ।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।

यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.