Advertisement

यसकारण रोइन् कंगना

0 674

Advertisement

१० चैत, मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको जन्मोत्सवको मौका छोपी आज (२३ मार्च) चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सम्पूर्ण टिम र पत्रकारको उपस्थितिमा चेन्नईमा एउटा कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

आफ्नो मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै कंगना निकै रोइन् । कंगना आफैले आफू रोएको भिडियो क्लिप ट्विटरमा सार्वजनिक गरेकी छिन् ।

भिडियो सेयर गर्दै उनी लेख्छिन्, “म आफूलाई बब्बर शेरनी मान्छु, किनभने म कहिले पनि रुँदिन र कसैलाई मलाई रुवाउने मौका पनि दिन्न । मलाई याद छैन म पछिल्लो पटक कहिले रोएँ, तर अहिले म रुँदै छु । म धेरै नै रुँदैछु र मलाई राम्रो महसुस भैरहेको छ ।”

अभिनेत्री रावतले चलचित्रका निर्देशक विजयको तारिफ गर्नेक्रममा भावुक हुँदै रोएकी हुन् ।

चलचित्र निर्माणको समयावधिभरि उनले आफूलाई निकै सहयोग गरेको र आफ्नो क्षमता, प्रतिभालाई प्रोत्साहन गरेको भिडियोमा कंगनाले उल्लेख गरेकी छिन् । अहिलेसम्म कसैले पनि विश्वास नगरेको तर विजले कंगनाको क्षमतालाई बुझेको भन्दै उनी भावुक भएकी हुन् ।

कंगनाको मुख्य भूमिका रहेको ‘थलाइवी’ जयललिताको बायोपिक हो । चलचित्र हिन्दी भाषा लगायत तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्र यहि अप्रिल २३ मा रिलिज हुँदैछ । नवभारत टाइम्स



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.