Advertisement

अनौठो रोगले एकै घरका ४ दिदीबहिनी बिरामी

0 1,131

Advertisement

०८ चैत, इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी बिरामी परेका हुन् ।

होमबहादुर निरौला र उमा निरौलाका ६ जना छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएको बताए । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छिन् ।

उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौंसम्म लगियो रोग केही पत्ता लागेन,’ आमा उमाले गहभरि आँसु पार्दै भनिन् ‘बुढेसकालका सहारा छोरीहरू नै यसरी बिरामी भएपछि कसरी बाचूँ ।’

‘उपचारका लागि धेरैतिर धायौं, अस्पतालमा गयो भने रोग नै छैन भन्छ, जेठा ज्वाइँ पदमबहादुर कटुवालले भने, ‘बिरामले छोपेको बेला थाम्न सक्ने स्थिति आउँदैन ।’ बिरामले केहीबेर छाड्ने, केहीछिनमै भेट्ने गर्छ । कुलदेवता बिग्रिएको हो कि भनेर धामी, झाँक्रीसमेत लगाए पनि बीसको उन्नाइस भएको छैन । बिराम सुरु भएपछि उनीहरूले खानासमेत खाएका छैनन् । दिनभर छिमेकी भेला हुन्छन्, राति दुईचार जना मात्र ।

काप्न थालेपछि एकै जनालाई दुई/तीन जनाले पनि समाउन मुस्किल पर्छ । एक्कासि घरमा छोरीहरूलाई अनौठो रोगले चाप्यो, ‘धामी, झाँक्री लगाउँदासमेत निको भएन,’ उमा भन्छिन्, ‘रोग निको होला भनेर दुई जनालाई उपचारमा पनि पठायौं तर अस्पतालमा समेत ठीक भएन ।’ घरमा यसअघि कसैलाई यस्तो खालको बिरामीले च्यापेको आफूलाई थाहा छैन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.