Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

झापाकाे काकडभिट्टा आइपुगे दुर्गाप्रसाद, “भन्छन् आमालाई भेट्न आतुर छु”

0 127

०८ चैत, काकडभिट्टा (झापा) । ४० वर्षसम्म बिनासुनाइ भारतको जेलमा बन्दी भएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) नेपाल आइपुगेका छन् । बुधबार साँझ कोलकाताको दमदम कारागारबाट छुटेका उनी भाइ प्रकाशचन्द्र तिम्सिनाका साथमा आइतबार बिहान काकडभिट्टा आइपुगेका हुन् ।

दुर्गाप्रसादले आफू कहाँ छु भन्ने कुरा प्रष्टसँग थाहा पाएका छैनन् । ‘कहाँ आइपुग्नुभयो’ भन्ने प्रश्नमा उनले दोधार हुँदै ‘नेपाल’ भनेका छन् । उनले आफू दार्जिलिङमा ‘लडाईँ’ हुँदा ज्यान मारेको मुद्दामा पक्राउ परेको बताएका छन् ।

उनलाई दार्जिलिङबाट पक्राउ परी विभिन्न कारागार हुँदै कोलकाता पुर्‍याइएको थियो । उनले आफू निर्दोष भएको बताएका छन् । उनी भाइ र आफन्तका साथ आजै माई नगरपालिका–१० इलामस्थित घर पुग्ने बताइएको छ ।

आमा ९१ वर्षीया धनमायाले ४२ वर्षपछि छोरासँग भेट गर्न पाउँदै छिन्। ‘४२ वर्षपछि छोरासँग भेट हुन पाउँदा आमाजति खुसी को हुन्छ र ?’ छोरो भारतीय जेलबाट छुटेको खबर पाएपछि आमा धनमायाको खुसी सुनाइन् भतिजी मुना शर्माले। मुना पहिलो पटक दाजु भेट्न आइतबार काँकडभिट्टा पुग्दै छिन्। ‘हामी भाइबहिनी पुस्तादेखि पहिलो पुस्ताका आमाबुबा, काकाकाकी, बढिआमा एकसाथ खुसी छौं, उत्साहित छौं’, उनले भनिन्।

दीपक ०३७ सालमा हराएपछि तिम्सिना परिवारको खुसी फाटेको थियो। ‘भोलिदेखि त्यो खुसी जोडिनेछ’, काकाकी छोरी मुनाले भनिन्, ‘मैले नदेखेको दाइ भेट्न पाउने भएपछि खुसी त छु नै ! मेरो दाइको चार दशक जेलमा खाइदिने भारतको न्यायप्रति दुःखी पनि छु।’

मुनाका अनुसार तिम्सिना परिवार ०४२ सालमा एकतप्पाबाट बसाइँ लुम्बाक सरेको थियो। उनी परिवारका जेठो सन्तान हुन्। माइलो भाइको निधन भइसकेको छ। घरमा आमा, कान्छो भाइ धर्मप्रसाद, बुहारी भतिजभतिजी छन्। उनका बुवा चम्पाखर तिम्सिनाको २०२४ सालमा निधन भएको थियो।

दीपकसँगै कारागारमा १० वर्ष बसेर असोजमा छुटेका भारतीय नागरिक राधेश्याम दासले उनको अवस्थाबारे सार्वजनिक गरेका थिए। स्थानीय वेस्ट बंगाल रेडियो क्लबले राधेश्यामको भनाइ राख्दै दीपकको खबर प्रसारण गरेपछि मानवअधिकारवादी र सामाजिक अभियन्ताले चासो दिएका थिए। क्लबले नै दीपकका परिवारलाई जानकारी दिएपछि नेपालमा यो विषय सार्वजनिक भयो। परिवारका सदस्यले एक महिनाअघि जेलमा भेटेर उनको सनाखत गरेका थिए।

क्लब, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, पूर्वन्यायाधीश विदुरविक्रम थापा, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, विश्व सेवा विस्तार नामक संस्थालगायतले उनको रिहाइका लागि पहल गर्दै भारतमा विभिन्न अभियान र बहससमेत गरेका थिए। अदालतले फैसलामा तिम्सिनाको रिहाइ गर्ने आदेश दिए पनि उनले पाउने क्षतिपूर्तिका सम्बन्धमा केही उल्लेख गरेको छैन। यो विषयको पनि सम्बोधन हुनुपर्ने माग परिवारले गरेका छन्।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.