Advertisement

एक महिलाको पेटमा १३ वटा बच्चा !

0 358

Advertisement

१३ असार, मेक्सिको । आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा जन्माउने महिलाको संख्या निकै कम हुन्छ ।

विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।

यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।

मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चामध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो ।

जुम्ल्याहा र तिम्ल्याहासमेत जन्माइसकेकी मारित्जा फेरि आमा बन्न लागेकी छिन् । यो पटक त उनले इतिहास नै रच्दैछिन् । उनको चेकजाँचका क्रममा पेटमा १३ वटा बच्चा हुर्किरहेको तथ्य डाक्टरहरुले पत्ता लगाएपछि सबै परिवारजन मात्र होइन डाक्टरहरू पनि तीनछक परेका छन् ।

अहिले आफूसँग रहेका ६ वटा बच्चाको लालनपालनकै लागिसमेत आर्थिक सहयोग मागिरहेका मारित्जा र उनका पति एन्टोनियो अब १३ वटा बच्चा एकसाथ जन्मिन थालेको जानकारी पाउँदा चिन्तित बनेका छन् ।

१९ वटा बच्चाको लालनपालन गर्ने आर्थिक हैसियत उनीहरुको छैन । त्यसैले उनीहरुले स्थानीइ नेता तथा अधिकारी र आम मानिसहरुसँग सहयोगका अनुरोध गरेका छन् ।

एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.