सामाजिक सञ्जाल प्रयोगकर्ताले छरेकाे भ्रम
२२ चैत, काठमाडौँ । गत हप्ता केहि दिन मुलुकभरका जंगलमा लागेकाे डढेलो र पर्याप्त हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको थियाे।
जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गते देखि चार दिनका लागि सरकारले विद्यालयहरु पनि बन्द भए । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।
गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरि अभियान नै चलाइयाे। सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका थिए । ट्वीटर र फेसबुकमा राखिएकाे तस्बिर शेयर भने भरक छन्। नेपालका डढेलोका तस्बिर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्बिर भएको फेला परेको छ ।
समाचार संप्रेषण तथा प्रसारण गर्दा भ्रामक तस्बिर भन्दा यथार्थमा संप्रेषण गर्नु पर्नु हाे तर सामाजिक सञ्जाल प्रयोगकर्ता शेयर तस्बिरले बिदेशी संञ्चार जगतमा नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता र नेपालकाे संञ्चार जगतकाे विश्वास प्रति भ्रम भएकाे पाइएकाे थियाे।
तीमध्ये चारवटा भ्रामक तस्बिरको हामीले तथ्य जाँच गरेका छौँ ।
पहिलो तस्बिर
आगोको लप्काबाट भाग्दै गरेको मृगको यो तस्बिर अमेरिकाको क्यालिफोर्नियामा सन् २००३ को अक्टोबर २८ तारिखमा खिचिएको अमेरिकी टेलिभिजन च्यानल सिबिएसले जनाएको छ । उक्त तस्बिर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसबाट लिइएको सिबिएसले जनाएको छ ।
दोस्रो तस्बिर
आगलागी भएको ठाउँको काठका मुढा नजिकै उभिएको गाईको तस्बिर अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जको रहेको नेसनल जियोग्राफिकले जनाएको छ । उक्त तस्बिर युरोपेली फोटो एजेन्सी इपिएका नोआ बर्गरले सन् २०१३ को अगस्ट २४ तारिखमा खिचिएको हो ।
तेस्रो तस्बिर
यो तस्बिर क्यानडाको जंगलमा सन् २०१७ को वर्खामा लागेको डढेलोको भएको पत्ता लागेको छ । डिजिटल जर्नलका अनुसार ब्रिटिस कोलम्बियामा लागेको उक्त डढेलोले ठूलो क्षति गरेको थियो ।
चौथो तस्बिर
यो तस्बिर इण्डोनिसियाको आगलागीको भएको थियाे द कन्भर्सेसनले जनाएको छ । उक्त तस्बिर अन्तरा फोटो एजेन्सीका फोटोग्राफर रोनी मुहरमानले खिचेको बताइएको छ ।
यसरी नेपालमा यस वर्ष मनसुन अगाडि लागेको डढेलोको तस्बिर भन्दै अमेरिका, क्यानडा र इण्डोनेसियामा यसअघि भएका आगलागीका तस्बिर सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।