Advertisement

सामाजिक सञ्जाल प्रयोगकर्ताले छरेकाे भ्रम

0 639

Advertisement

२२ चैत, काठमाडौँ । गत हप्ता केहि दिन मुलुकभरका जंगलमा लागेकाे डढेलो र पर्याप्त हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको थियाे।

जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गते देखि चार दिनका लागि सरकारले विद्यालयहरु पनि बन्द भए । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।

गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरि अभियान नै चलाइयाे। सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका थिए । ट्वीटर र फेसबुकमा राखिएकाे तस्बिर शेयर भने भरक छन्। नेपालका डढेलोका तस्बिर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्बिर भएको फेला परेको छ ।

समाचार संप्रेषण तथा प्रसारण गर्दा भ्रामक तस्बिर भन्दा यथार्थमा संप्रेषण गर्नु पर्नु हाे तर सामाजिक सञ्जाल प्रयोगकर्ता शेयर तस्बिरले बिदेशी संञ्चार जगतमा नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता र नेपालकाे संञ्चार जगतकाे विश्वास प्रति भ्रम भएकाे पाइएकाे थियाे।

तीमध्ये चारवटा भ्रामक तस्बिरको हामीले तथ्य जाँच गरेका छौँ ।

पहिलो तस्बिर

आगोको लप्काबाट भाग्दै गरेको मृगको यो तस्बिर अमेरिकाको क्यालिफोर्नियामा सन् २००३ को अक्टोबर २८ तारिखमा खिचिएको अमेरिकी टेलिभिजन च्यानल सिबिएसले जनाएको छ । उक्त तस्बिर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसबाट लिइएको सिबिएसले जनाएको छ ।

दोस्रो तस्बिर

आगलागी भएको ठाउँको काठका मुढा नजिकै उभिएको गाईको तस्बिर अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जको रहेको नेसनल जियोग्राफिकले जनाएको छ । उक्त तस्बिर युरोपेली फोटो एजेन्सी इपिएका नोआ बर्गरले सन् २०१३ को अगस्ट २४ तारिखमा खिचिएको हो ।

तेस्रो तस्बिर

यो तस्बिर क्यानडाको जंगलमा सन् २०१७ को वर्खामा लागेको डढेलोको भएको पत्ता लागेको छ । डिजिटल जर्नलका अनुसार ब्रिटिस कोलम्बियामा लागेको उक्त डढेलोले ठूलो क्षति गरेको थियो ।

चौथो तस्बिर

यो तस्बिर इण्डोनिसियाको आगलागीको भएको थियाे द कन्भर्सेसनले जनाएको छ । उक्त तस्बिर अन्तरा फोटो एजेन्सीका फोटोग्राफर रोनी मुहरमानले खिचेको बताइएको छ ।

यसरी नेपालमा यस वर्ष मनसुन अगाडि लागेको डढेलोको तस्बिर भन्दै अमेरिका, क्यानडा र इण्डोनेसियामा यसअघि भएका आगलागीका तस्बिर सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.