Advertisement

कम्युनिष्ट पार्टी ध्वस्त बनाउँदैछन् केपी ओलीले : माधव नेपाल

0 980

Advertisement

१९ चैत, पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउनतर्फ लागेको बताएका छन् । अध्यक्ष ओलीले लाखौँ कार्यकर्ता र जनताको अपेक्षा विपरित झण्डै दुईतिहाइको बहुमत हासिल गर्न सफल भएको कम्युनिष्ट पार्टीलाई टुक्र्याएर विध्वंश निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।

बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष ओलीले विधि र पद्धतिमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रुपमा चलाएको आरोप लगाए । ‘पार्टीमा यो कुनै स्वार्थ र जुँगाको लडाइँ होइन, पार्टीमा स्थापित हुनुपर्ने पद्दतिको लडाइँ हो’ उनले भने । ‘हामीले उनलाई पार्टीको विधानअनुसार विधि र पद्धतिबाट सञ्चालन गर्न माग गरेका हौं । पार्टी कुनै ब्यक्तिको लहड र ब्यक्तिगत स्वार्थमा चल्न हुँदैन ।’

नेता नेपालले ओलीको सर्वसत्तावादका विरुद्ध देशव्यापी समानान्तर संगठन बनाउने उद्घोष समेत गरेका छन् । उनले ओलीको ज्यादतीका विरुद्ध स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीयतामा समानान्तर समिति बनाउने बताए । नेता नेपालले तत्कालै निर्वाचन हुने अवस्था आएपनि स्थानीय निकायदेखि केन्द्रसम्मै उमेदवार उठाउने समेत चेतावनी दिए । ‘चुनाव घोषण भएको अवस्थामा हामीले स्थानीय तहदेखि केन्द्रसम्मनै उमेदवार चयन गरेर चुनावी मैदानमा उत्रन्छौं’ उनले भने । ‘चुनावमा अन्य दलहरूसँगै तालमेल गरेर सहमतिमा उमेदवारी दिन्छौं, सबै दलसँग तालमेल गरेर चुनावमा लाग्छौं ।’

उनले चुनावका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म कुराकानी भएको बताए । नेता नेपालले नेकपा एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाखभन्दा बढी आफूहरुसँग रहेको दावी गर्दै सबैलाई कारवाही गरेर देखाउन केपी ओलीलाई चुनौती दिए ।

नेता नेपालले पार्टी अध्यक्ष ओलीको पछिल्लो समयमा बढेको अहमता र घमण्डले पार्टीको साख गिरेको आरोप लगाए । ‘पार्टीमा आफैलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले पार्टीको शाख र गरमानै धरामा पर्यो’ उनले भने ।

उनले ओलीले राज्यका अंग कब्जा गरिरहेको आरोप लगाउँदै प्रतिगामी शक्तिसँग समेत साँठगाँठ गरिरहेको आरोप लगाए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.