Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

खुकुरी देखाएर खिचापोखरीको मनी ट्रान्सफरबाट लुटियो ६ लाख, २४ घण्टा नबित्तै लुटमा संलग्न समातिए

0 58

१९ चैत्त, काठमाडौं । काठमाडौंको खिचापोखरीस्थित एक मनी ट्रान्सफरमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लुटिएको केही रकम सहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर घर भएका १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी गाउँपालिका घर भएका २१ वर्षीय तिलक रावत, कालीकोट सानी त्रिवेणी गाउँपालिका ३ घर भएका २० वर्षयी नविन केसी र २० वर्षीय उमेश केसी रहेको परिसरका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।

उनीहरुले बुधवार दिउँसो प्रवेश राजभण्डारीले संचालन गरेको मन ट्रान्सफरमा पसी खुकुरी देखाइ कर्मचारी समेतलाई हात बाँधेर रकम लिइ फरार भएका थिए। उनीहरुले ६ लाख रुपैयाँ बराबरको नगद लुटेको प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले प्रकाउ परेका व्यक्तिको साथबाट ५९ हजार ७ सय रुपैयाँ फेला पारेको छ। त्यस्तै, लुटिएको रकममध्ये आज बिहान बालाजु बाइपास स्थितमा विजय नगरकोटीको घरमा डेरा गरी बस्ने मञ्जु पुटुवारलाई राख्न दिएको थप ७५ हजार रुपैयाँ समेत फेला परेको एसपी बस्नेतले जानकारी दिए।

लुटिएको बाँकी रकम भने उनीहरुले लत्ता कपडा, जुत्ता, झोला किनमेल गरेको र रेष्टुरेन्टमा खाएको रकम तिरेको प्रहरीलाई बयान दिएका छन्। उनीहरु लागू औषध सेवनकर्ता भएको खुलेको छ। उनीहरुसँगै लागू औषध सेवन गरिरहेको अवस्था अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.