Advertisement

काठमाडौंसहित देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह

0 246

Advertisement

३० पुस, काठमाडौं । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न थप सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ् बताउँछन् ।

“काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ,” उनले भने ।

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौंमा बदली हुने राजु बताउँछन् ।

आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.