Advertisement

सगरमाथा सिमेन्ट सिमेन्ट उद्योगको काण्ड बाहिरियाे!

0 774

Advertisement

११ चैत, काठमाडौं । गुणस्तरहिन समेन्ट उत्पादन गर्दै आएको दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा घोराही सिमेन्ट उद्योगबाट निस्किने धूलो, धूवाँ र ध्वनि प्रदूषण गरेको भन्दै स्थानियबासी विरोधमा उत्रिएका छन् । घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

स्थानीयको दैनिक जीवनमा असर पुगेको भन्दै उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको छ । स्थानीयबासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित २१ जनाले घोराहीको गोग्लीस्थित उक्त उद्योगको प्रदूषण रोक्न वा उद्योग मानव बस्तीभन्दा बाहिर सार्न माग गर्दै बिहीबार मुद्दा दायर गरेका हुन् ।

दाङको घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्रान्डको सिमेन्ट उत्पादन बन्द भएको छ । उद्येगको ओपीसी सिमेन्ट गाुणस्तरहीन भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाको आग्रह र जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा उत्पादन बन्द गरिएको हो । सिमेन्ट गुणस्तरहीन भएको भन्दै उजुरी परेपछि गुणस्तर विभागको टोली उद्योगमा पुगेको हो । ओपीसी र पीपीसी सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको थियाे ।

सिमेन्टको गुणस्तर नाँप-जाँचका लागि टोलीले उद्योगबाट उत्पादित सिमेन्टको नमुना संकलन गरेको छ । सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट बर्दियामा गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागको टोली दाङ आई परीक्षणका लागि नमुना संकलन गरेको जनाइएको छ । बिहीबार आएको टोलीले सिमेन्टको नमुना संकलन गरेको र केही दिनमा यसको प्रतिवेदन सार्वजनिक गरिने जनाएको छ ।

बर्दिया प्रशासनले सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको भन्दै उद्योग बन्द गराउन दाङ प्रशासनलाई जानकारीसहितको पत्र लेखेको थियो । अहिले घोराही सिमेन्टको ओपीसी सिमेन्ट उत्पादन बन्द छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आएर सिमेन्टको नमुना संकलन गरेको उद्योगले जनाएको छ । टोलीले साउन १६ र १७ गते उत्पादन भएर १८ गते बिक्री भएका दुई प्रकारका सिमेन्टको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरिएको निर्देशक उपाध्यायले बताए । सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परीक्षणबाट ओपीसीमा म्याग्नेसियम तत्व बढी देखिएपछि बर्दिया जिल्ला प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्री रोक्न पत्र काटेको थियो।

उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले एक हप्तादेखि उद्योगको ओपीसी सिमेन्ट उत्पादन बन्द गरेको बताए । ‘गुणस्तर विभागको पत्र आएपछि अहिले उत्पादन बन्द गरेका छौं’, शर्माले भने, ‘अब रिपोर्टलाई कुरेरमात्रै उत्पादनमा लैजान्छौं ।’ अबको डेढ महिनाभित्र गुणस्तर भए नभएकोबारे रिपोर्ट आउने विभागका निर्देशक मनोज उपाध्यायले बताए । घोराही सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । जिल्लाकै ठूलो उद्योगको रूपमा रहेको घोराही सिमेन्टले स्थापनापछि उत्पादन समेत बढाउँदै गएको थियो ।

नमुना परीक्षणका लागि सिल गरिएको सिमेन्टको नमुनाको छिटोभन्दा छिटो सत्य तथ्य सार्वजनिक गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले गुणस्तर तथा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय दाङलाई अनुरोध गरेका छन् । ‘हामी व्यवसायीसँगै उपभोक्ता पनि हौं, बजारमा गुणस्तर सामान जानुपर्छ भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष भुसालले भने, ‘छिट्टै सत्य तथ्य बाहिर आओस् ।’

स्थानीयको दैनिक जीवनमा असर पुगेको भन्दै उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा परेको छ ।


स्थानीयबासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित २१ जनाले घोराहीको गोग्लीस्थित उक्त उद्योगको प्रदूषण रोक्न वा उद्योग मानव बस्तीभन्दा बाहिर सार्न माग गर्दै बिहीबार मुद्दा दायर गरेका हुन् ।

तत्कालिन संघाई समुह हाल त्रिवेणी समुहले गोराही सिमेन्ट उद्योग सञ्चालन गर्दैं आएको छ । गोराही सिमेन्ट उद्योगका मालिक रामचन्द्र संघाई हुन् । उनी एनआईसी एशिया बैंकका समेत निर्देशक हुन् ।

केही वर्षअघि गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै सगरमाथा सिमेन्ट उद्याग नै बन्द भएको थियो । माटो मिसाएर गाउँका जनताको घरघरमा धराप थाप्दै आएको यो उद्योगल उत्पादन गर्ने ओपीसी सिमेन्ट गुणस्तरहिन पाइएको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाको आग्रह र जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा उत्पादन बन्द गरिएको थियो । सिमेन्ट गुणस्तरहीन भएको भन्दै उजुरी परेपछि गुणस्तर विभागको टोली उद्योगमा पुगेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.