Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा

0 77

११ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाइस कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको यस शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीदगर्न ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।

ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफुले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.