Advertisement

महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य परीक्षण

0 469

Advertisement

०८ पुस, दाङ । चेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।

हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्यकर्मी कमला पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा १४६ ले प्रेसर र १२४ ले सुगर जाँच गराएका छन् । त्यस्तै छ जनाले घाउ सरसफाइ र १८ जनाले अन्य सेवा लिएका छन् । महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यही पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म सञ्चालन हुनेछ । रु पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा लिइएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिनुभयो ।

तुलसीपुरको बरुवा गाउँमा सञ्चालित महोत्सवमा बुधबार करिब दश हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवभित्र २०० व्यापारिक कक्ष राखिएका छन् । तीमध्ये २० कक्षमा कृषि सामग्री राखिएका छन् । महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुतिले दर्शकलाई मनोरञ्जनसमेत दिइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.