Advertisement

देउवा झन् शक्तिशाली

0 269

Advertisement

०८ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् ।

२४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।

यसैगरी, सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् । पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्वाचित बन्दा एक जना महामन्त्री सिंह समूहबाट निर्वाचित बनेका हुन् । सिंह समूहबाट केन्द्रीय सदस्यमासमेत राजेन्द्रकुमार केसी एक जना विजयी भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यतर्फ खुला ३५ मध्ये २५ जना देउवा समूहबाट निर्वाचित बन्दा नौ जना कोइराला समूहबाट र एक जना तटस्थ उम्मेदवार निर्वाचित बने । डा. शशांक कोइराला साझा उम्मेदवारका रूपमा सबै समूहमा परेका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.