पश्चिमी वायुको प्रभाव: हिमाली भू-भागमा हिमपातको सम्भावना

०९ कार्तिक, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यससँगै देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै,कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादलाग्ने र देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours