पूर्वराजाले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

२५ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् ।

उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ ।

गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours