०९ मंसिर, काठमाडौँ । एक सातादेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लागिरहेको छ। यसको अर्थ दिनप्रतिदिन चिसो बढिरहेको छ।
यसै क्रममा आज (बुधबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
‘यो प्रारम्भिक मापन मात्र हो आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ’, उनले नेपालखबरसँग भने, ‘त्यतिबेलासम्म न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवाती मापनकै कायम रहन पनि सक्छ।’
हिजो मंगलबार (मंसिर ८ गते) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो।
मंसिर २ गते बुधबारदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।
हेर्नुहोस् तापक्रम घट्दो तालिका
- मंसिर २ गते ९.५ डिग्री सेल्सियस
- मंसिर ३ गते ९ डिग्री सेल्सियस
- मंसिर ४ गते ८.७ डिग्री सेल्सियस
- मंसिर ५ गते ८.३ डिग्री सेल्सियस
- मंसिर ६ गते ८.३ डिग्री सेल्सियस
- मंसिर ७ गते ८ डिग्री सेल्सियस
- मंसिर ८ गते ७.९ डिग्री सेल्सियस
- मंसिर ९ गते ७.४ डिग्री सेल्सियस (प्रारम्भिक)


+ There are no comments
Add yours