काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

०९ मंसिर, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् ।

उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए ।

यसबारे थप विवरण खुल्न बाँकी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours