२४ असाेज, काठमाडौँ। लंकाको तटनजिक अन्तर्राष्ट्रिय जल क्षेत्रमा इरानका १९ पानीजहाज अलपत्र परेका छन्। यी जहाजमा खाना, पानी र इन्धनको अभाव भइरहेको छ।
सहयोग गर्दा अमेरिकी प्रतिबन्धको जोखिम हुन सक्ने डरले श्रीलंका सरकार डराइरहेको छ। श्रीलंकाले कुनै पनि निर्णय गर्नुअघि आफ्नो राष्ट्रिय हितलाई विचार गर्ने बताएको छ।
श्रीलंकाको विदेश मन्त्रालयका प्रवक्ता तुषारा रोड्रिगोका अनुसार ती जहाज देशको तटबाट लगभग २४ समुद्री माइल टाढा फसेका हुन्।
यद्यपि ती जहाजलाई सहयोग गर्दा श्रीलंकालाई कारबाही हुने चेतावनी अहिलेसम्म अमेरिकाबाट आएको छैन।


+ There are no comments
Add yours