नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।
०४ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो ।
बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ ।
भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार सुरु भएको वडा अधिवेशन उत्साहप्रद रहेको छ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
आइतबार बाँकी ३१ जिल्लामा वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गरिने छ ।


+ There are no comments
Add yours