राशिफल: ११ साउन २०८३ सोमवार

२०८३ साउन ११ गते (२७ जुलाई २०२६) साेमवार, आषाढ शुक्लपक्ष त्रयाेदशी तिथि, १६ः०५ बजेपछि चतुर्दशी। मूल नक्षत्र, ११ः२७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। फाइदा उठाउन निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अरूको भर पर्दा काम राेकिनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

परिस्थिति अनुकूल रहनाले लक्ष्यप्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर, गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ हुनेछ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। मिहिनेत गर्दा जटिल काम समेत बन्नेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। तर आफ्नो उपलब्धि अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा मनग्य लाभ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र पछिका लागि समेत लगानी गर्न सकिनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours