Advertisement

कटुवा पेस्तोल सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

0 398

Advertisement

०१ चैत्र, काठमाडौं । रुपन्देही, मर्चवारी गाउँपालिका-७ कन्चनापुरबाट १ थान कटुवा पेस्तोल सहित सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने २४ वर्षीय सुरज हरिजन समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यूपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


नुवाकोट, ककनी गाउँपालिका-२ सानो चित्रेस्थित बारीबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त बारीमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानिपौवाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.