तीन मौसमी प्रणालीको असर कायमै, आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

०९ जेठ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो हावाको लहर(लु) चल्ने सम्भावना रहेको छ । देशका केहीस्थानमा पानी पर्नेछ ।

अहिले विहान कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुर पश्चिम प्रदेशको एक‍-दुई स्थानमा मेघगर्जनसहित वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज रातीः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी,मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours