खेलको इन्जुरी समयमा डोमिनिक सोलान्केले गोल गरेपछि १० खेलाडीमा सीमित टोटनहमले ओल्ड ट्राफोर्डमा एक अंक जोडेको हो ।
२५ असाेज, काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनहमले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको इन्जुरी समयमा डोमिनिक सोलान्केले गोल गरेपछि १० खेलाडीमा सीमित टोटनहमले ओल्ड ट्राफोर्डमा एक अंक जोडेको हो ।
खेलको ७३औँ मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । टोटेनहमले खेलभरि गोलका धेरै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । रोड्रिगो बेन्टानकुरले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै युनाइटेडले अग्रता जोगाउने प्रयास गरे पनि अन्तिम समयमा गोल बेहोर्न पुग्यो ।
इन्जुरी समयको दोस्रो मिनेटमा सोलान्केले हेडरमार्फत गोल गर्दै टोटनहमलाई हारबाट जोगाएका हुन् । यससंगै ६ खेलमा मात्र १ जित सहित ६ अंक जोडेको युनाइटेड लिगको १२ औं स्थानमा छ । समान खेलमा ३ अंक जोडेको टोटनहम १८ औं स्थानमा छ । उसले जारी सिजन जितको खाता खोल्न सकेको छैन ।
इपीएलकै अन्य खेलमा एस्टन भिल्ला र ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेले । इप्सिविच टाउनले फुलहमलाई २–१ ले पराजित गर्यो ।


+ There are no comments
Add yours