यस्ता छन् विश्वकप ट्रफीको इतिहास

०५ जेठ, काठमाडाै। विश्वकप ट्रफीलाई आफ्नो देश ल्याउने हरेक खेलाडीको सपना हुन्छ। हरेक चार वर्षमा हुने फुटबल विश्वकपमा जुन देशले विश्वकप जित्छ, उक्त देशलाई ४ वर्षसम्म फुटबलको राजा भनेर चिनिन्छ।

सोही ट्रफी हासिल गर्नका लागि हरेक खेलाडीले हरप्रयास गर्छन्। विश्वकप ट्रफी सुनले बनेको ट्रफी हो, जुन विश्वकप विजेतालाई दिने गरिन्छ।

विश्वकप हुनुअघि ट्रफीलाई सबै देशमा लगेर प्रदर्शन गरिन्छ। विश्वकप ट्रफी भनेकाे के हाे ? विश्वकप ट्रफी साेलिर्ड गोल्डले बनेको ट्रफी हो, जसलाई फिफा विश्वकप विजेतालाई प्रदान गर्न गरिन्छ।

विश्वकप ट्रफीको नाम दुई पटक बदलेको छ। सन १९३० मा ट्रफीको नाम भिक्टाेरी राखिएको थियो, भने सन १९४६ मा ट्रफीको नाम जुलिज रिमिट ट्रफी राखियो भने सन १९७४ पछि हालसम्म ट्रफीलाई फिफा विश्वकप ट्रफी नामले चिनिन्छ।

विश्वकप फुटबल: समूह चरणका अन्तिम दुई खेल किन एकै समयमा हुन्छ ?

विश्वकप ट्रफीमा दुई जना मानिसले पृथ्वीलाई धानेको लोगो छ। हाल यो ट्रफीको मूल्य २० मिलियन डलर छ, जसको नेपाली मूल्य दुई अर्ब ६० लाख रुपैँया रहेको छ।

सन १९३० देखि १९७० सम्मको जुलिज रिमिट ट्रफीकाे इतिहास– सन १९४६ मा फिफाका प्रमुख जुलिज रिमिटका सम्मानका लागि ट्रफीको नाम जुलिज रिमिट राखिएको थियो। जुलिज रिमिट ट्रफीको डिजाइनर फ्रन्चका मूर्तिकार अबेल लाफरेलले डिजाइन गरेका हुन्। सो ट्रफी भिक्टोरी ट्रफीभन्दा अलि फरक थियो, यो ट्रफी ३५ सेन्टीमिटर अग्लो, ३.८ भारी किलो रहेको छ। यो ट्रफीको पहिलो हकदार पहिलो विश्वकप विजेता उरुग्गेलाई प्राप्त भयो।

यी दाजु–भाइ जाे एकअर्काविरुद्ध मैदानमा उत्रिन्छन्

सन १९६६ मा इग्ंलान्डमा हुने विश्वकप अघि जुलिज रिमिट ट्रफीको चोरी भएको थियो। इग्ंलान्डमा ट्रफी प्रदर्शन गरेको दोस्रो दिन ट्रफी चोरी भएको हो। ट्रफी हराएको एक सातापछि पिकल नामको कुकुरले ट्रफी चोरीको पता लगाएको थियो। सन १९७० सम्म आइपुग्दा ब्राजिले दुई पटक विश्वकप विजेता भइसकेको थियो, र १९७० मा ब्राजिल फेरी विश्वकप विजेता बन्दा फिफाले ब्राजिलाई जुलिज रिमिट ट्रफी आफनै देशमा सधैँभरि राख्ने गरेर दियो। त्यसपछि सन १९८३ मा जुलिज रिमिट ट्रफीको फेरि चोरी भयो। हालसम्म पनि यो ट्रफी चोरी बारे केही पता लागेको छैन्। तर, त्यहीबेला चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका थिए, ट्रफी कहिल्यै बरामद गरिएको छैन, र यसलाई व्यापक रूपमा पग्लेर बिक्री गरिएको विश्वास गरिएको छ।

कतार विश्वकप: नकआउट चरणपूर्व देखिएका केही अप्रत्याशित घटना जुल्स रिमेट ट्रफीको एउटा मात्र टुक्रा फेला परेको छ, जुन मूल आधार फिफाले सन् २०१५ भन्दा पहिले महासंघको जुरिच मुख्यालयको बेसमेन्टमा राखेको थियो।

सन १९७४ देखि हालसम्मको फिफा विश्वकप ट्रफी– सन १९७४ मा फिफाले विश्वकप ट्रफीलाई फरक डिजाइन दिने घोषण गरयो। जसमा विश्वका ७ देशबाट ५३ जना मूर्तिकारले आफनो डिजाइन फिफालाई दिएका थिए।

ती मध्य इटालीका सिलभिओ गाजनिगाको डिजाइनलाई मान्यता दिइयो। सोही नयाँ ट्रफीको नाम फिफा विश्वकप ट्रफी राखियो।

कुन–कुन राष्ट्रले घरेलु मैदानमा उचालेका छन् विश्वकपकाे उपाधि ?

अहिलेको फिफा विश्वकप ट्रफी ३६. ५ सेन्टीमिटर अग्लो, ६. १७५ किलो, र १८ क्यारेट सुनले बनेको ट्रफी हो। फिफा विश्वकपको असली ट्रफी हालै फिफा वर्ल्ड फुटबल म्युजियम स्वीरजरल्यान्डमा राखिएको छ। सो ट्रफी उचाल्ने जर्मनी पहिलो देश हो जसले तीनपटक फिफा विश्वकप ट्रफी उचालिसकेकाे छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours