बुधबार सुनको मूल्य घट्यो, चाँदी स्थीर
१३ असाेज, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।
बुधबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर बनेको छ । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार ४५० रुपैयाँ र चाँदीको भाउ १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी सुन ८८ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।