आफूले पक्राउ गराएका एउटालाई पनि मुद्दा नचलाउँदै हटे गृहमन्त्री गुरुङ
०९ बैशाख, काठमाडौँ । सुधन गुरुङले अन्ततः पद जोगाउने प्रयास असफल भएपछि गृहमन्त्रीबाट राजीनामा दिएका छन् ।
मंगलबार रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग भएका भेटघाटमा गुरुङले छानबिन समिति गठन गरेर पदमा रहिरहने प्रस्ताव राखेका थिए ।
तर, सरकारले सुशासनमा ‘शून्य सहनशीलता’ नीति अपनाउँदै उनलाई मार्गप्रशस्त गर्न दबाब दिएको थियो ।
सम्पत्ति विवरणमा उल्लेख नभएको माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर, अपारदर्शी सम्पत्ति स्रोत र विवादित व्यक्तिसँगको सम्बन्ध सार्वजनिक भएपछि उनीमाथि नैतिक तथा कानुनी प्रश्न उठेका थिए ।
सुरुमा स्पष्टीकरण दिने प्रयास गरे पनि अन्ततः बढ्दो दबाबका कारण उनले राजीनामा दिएका हुन् ।
सरकारले चाहेको खण्डमा अब यस प्रकरणमा थप अनुसन्धान हुन सक्ने देखिएको छ ।


+ There are no comments
Add yours