साउदीमा १० वटा ड्रोन प्रहार

१५ चैत, काठमाडाैँ । साउदी अरेबियाले पछिल्ला केही घण्टामा १० वटा ड्रोन रोकेको छ। साउदीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।

खाडीका अन्य देश संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले पनि रातभर आक्रमण गरिएको बताएका छन्।

बितेका २४ घण्टामा यस क्षेत्रमा बारम्बार आक्रमण भएको र प्रमुख पूर्वाधारलाई पनि निसाना बनाइएको बीबीसीले जनाएको छ।

शनिबार यूएईमा धेरैवटा ब्यालिस्टिक मिसाइल हानिएको थियो।

एमिरेट्स ग्लोबल एल्युमिनियमका अनुसार अबुधाबीमा रहेको प्रमुख प्लान्टमा आक्रमण गरिएको थियो। जसका कारण ठुलो क्षति भएको छ भने धेरै जना कर्मचारी घाइते पनि भएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours