चैत महिनाको मासफल यस्तो छ!

३० फागुन, काठमाडौँ । मिति २०८२ साल चैत्र १ गते आइतबार चैत्र ,मिनसंक्रान्ति सिद्धार्थि नाम संवत्सर, श्रीसूर्यनारायण उत्तराण ,वसन्तऋतु ,चैत्रकृष्णपक्ष पापमोचनी एकादशी तिथि प्रात: ७ / २९ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि आरम्भ , श्रवण नक्षत्र ,परिध योग ,कौलव करण ,फागुन ३० गते राती २७/ ३६ बजेबाट

श्रीसूर्य : कुम्भ राशीबाट मीन राशीमा प्रवेश गर्नुहुनेछ।यो महिनाको देवताको नाम बिष्णु : ,देवीको नाम रमा ,सूर्यको नाम वेदाङ्गो हो।यो महिनामा मीन राशिमा सूर्य: ,मकर राशिमा चन्द्र: मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुने छ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।
उपसर्ग र प्रत्तय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सक्रान्ती शब्द बनेको छ जस्को अर्थ पवित्र या धार्मीक परिवर्तन हो ।हिन्दू मान्यता अनुसार यस महिनामा विवाहादी शुभ कार्यहरू गर्नु हुँदैन भन्ने रहेको छ ।यो महिनामा जती सक्दो दान गर्नु पर्छ भन्ने मान्यता पनि रहेको छ र यो महीनामा सूर्यनारायणको पूजा,अर्घ निबेदन,प्रणाम गर्नु उत्तम मानिन्छ।यो महिनामा विभिन्न पर्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू पर्दछन् ।हिन्दूहरूको महान चाड चैते दशैं र राम नवमी यसै महिना भित्र पर्दछन् ।चैत्र कृष्ण पक्षको औंशी तिथीमा काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।साथै चैत महिनाको अन्तमा भक्तपुरमा बिस्का: जात्रा ( बिस्केट जात्रा) को सुरुवात हुन्छ ।

शनिबार मीन राशिमा सूर्य प्रवेश गर्नाले र बिहिबार औंसी परेको हुनाले हानि – नोक्सानी बढ्ने छ।कतै महामारी रोग त ॲाधिहुरीले आगो लागेर धनजनको क्षति देखा पर्ने छ।खाद्यान्न र उपभोग्य वस्तुको अभाव देखिने छ।शासनसत्ता सामान्य हेरफेर हुनुको साथै राजनैतिक दलहरूमा मतभेद वढेर विश्वासको संकट आइपर्ने देखिन्छ भने यता शेयर बजारमा पनि मन्दि हुने छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours