Advertisement

आजको मौसम : पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्सहित बर्षा र हिमपातको सम्भावना

0 671

Advertisement



२९ फाल्गुन, काठमाडौं । हाल  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश  र वाग्मति प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलि रहेको छ।

दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली  रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती :  गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा  रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

 देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्र हावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.