काठमाडौँ उपत्यकाको एकीकृत विकास अवधारणा सार्वजनिक गर्दै कांग्रेस

१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने भएको छ ।

बिहीबार दिउँसो १ बजे विशालनगरस्थित चेरिस रेष्टुरेन्ट (बिगमार्टसँगै) मा एक कार्यक्रमको आयोजना गरेर अवधारणा सार्वजनिक गर्न लागेको कांग्रेसले जनाएको छ । कार्यक्रममा काठमाडौँ उपत्यकाका प्रतिनिधि सभा सदस्यका सबै उम्मेदवार सहभागी हुने जनाइएको छ ।

यसैगरी, प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन कांग्रेसले बिहीबार नै दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा हुने पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारी, रणनीति र आगामी कार्यक्रमबारे जानकारी गराइने जनाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours