सानेपा पुगेर सभापति गगन थापाद्वारा पदभार ग्रहण

०९ माघ, काठमाडौँ । विशेष महाधिवेशनबाट नेतृत्वमा चयन भइसकेपछि नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

सभापति निर्वाचित भएपछि केन्द्रीय कार्यालय पुगेर गरिएको यो उनको पहिलो पदस्थापन हो।

पदभार ग्रहणसँगै आजै पार्टीको केन्द्रीय कार्यसमिति बैठक आयोजना गरिएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित रणनीतिक तथा नीतिगत विषयहरूमा छलफल हुने कार्यसूची रहेको छ।

पार्टी स्रोतका अनुसार उक्त बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापालाई प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा अघि सार्ने निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours