प्रमाेद फुयाल,
२६ भदाै, काठमाडाैं ।
बा ढोग गरे
सन्चो बिसन्चो यो भुमिका धेरै बाधिन आज
म सिधै विषयवस्तु मा प्रवेश गरे
बा तिम्रा सपना त सार्है गरुँगो रैछ नी
तिम्ले मेरा लागी देखेको एक थान सपनालाई यतै विश्राम दिदै
मैले मेरा हलुँगो सपनालाई बोकेर हिँड्ने निर्णय गरे
नचाहेको हैन
प्रयास खुबै गरे
तिम्रा सपना पुरा गर्ने होडमा मैले मेरा सपनालाई विस्तारामा नुनु बाबु नुनु भनिरहँदा मेरा सपनाले मलाई मेरै सपनामा आएर झस्काय
मलाई माफ गर्देउ बा
मैले तिम्ले देखेको महँगो सपनालाई लात मार्दै सस्ता सपना अपनाएर अगि बढे
बजार भाउ बढेछ बा तिम्रा सपनाको
तिम्ले तिम्रा यूगमा देखेको सपना अहिले मेरा यूगमा किन्न बिल्कुल असम्भव झै भए
तिम्ले रोपनीमा देखेको सपना अहिले कित्तामा किन्न पनि साह्रै गाह्रो रैछ
भनौं की अझै बित्तामा
मैले चटक्कै त्यागेनी तिम्ले म भित्र देखेको फलानोको छोरो
अब तिम्ले म भित्र अनि म बाहिर जताततै जहाँ बाट पनि म मात्र देख्छौ
मैले फलानोको छोरो नबन्ने निर्णय गरे
डाक्टर बनेर फलानोको छोरो नै सेतो कोट लगाओस
वकिल बनेर तिलानोको छोरो नै कालो कोट पहिराओस
पाइलट बनेर ढिस्कानोको छोरो नै प्लेन उडाओस
इन्जिनियर बनेर हर्केकै छोरो Tucson कुदाओस
बा,
मैले त रहर किन्न साचेको पैसा बेचेर खुसी किन्ने निर्णय गरे
बा मलाई माफ गर्देउ
बा मलाई माफ गर्देउ
मैले आजैबाट फलानोको छोरो नबन्ने निर्णय गरे
उही फलानो को छोरो जस्तै बन्न नसकेको तिम्रो छोरो ।।।