राशिफल: २१ कार्तिक २०८३ शनिवार

२०८३ कार्तिक २१ गते (७ नाेभेम्बर २०२६) शनिवार | तिथि: कार्तिक कृष्णपक्ष त्रयाेदशी १०ः४७ बजेपछि चतुर्दशी। नक्षत्र: चित्रा (अहाेरात्र)। चन्द्रराशि: कन्या १८ः०६ बजेपछि तुला।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। असुरक्षित काराेबारले धन बाहिरिन सक्छ, सजग रहनुहाेला।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। प्रतिस्पर्धीहरूलाई पन्छाउँदै उपलब्धि हातपार्न पनि सफल भइनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर काम बिग्रने भयले सताउनेछ। अस्वस्थताका बाबजुद श्रम गर्नुपर्ला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्नेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँअवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा फाइदा हुनेछ। साथीभाइको सहयोग जुट्नाले राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट मनग्य लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले आफू पछि परिनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। विवादास्पद कामको जिम्मेवारीले नोक्सान पुर्याउन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। पेसा–व्यवसायमा सामान्य प्रगति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्नेछ। अरूको भरपर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विचार गरेर काम थाल्नुहोला।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउनेछ र मनग्य लाभ हुनेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिन्छ। बीचमा काम अड्किनाले रकम सहजै हातलागी नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सापटी वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट लाभ हुनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। पेसा–व्यवसायमा कामको चाप बढ्नेछ। फाइदा कम हुनाले जोश–जाँगरमा कमी आउनेछ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्। तापनि साँझतिर गुनासो सुन्ने र सहयोग जुटाउनेहरू फेला पर्नेछन्। प्रयास गर्दा काम बन्नेछ र पछिका लागि जग बसाउन सकिनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

प्रियजनसँग भेटघाट हुनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ। काम बिग्रने भयले सताउनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours