११ पौष, काठमाडौँ । सौराहा । पर्यटकीय नगरी सौराहा यतिबेला उत्सवमय बनेको छ । विशेषगरी यहाँका थारु समुदायका महिलाहरूले आफ्नो मौलिक संस्कृति झल्किने पहिरनमा सजिएर माहोललाई थप रङ्गीन बनाएका छन् । सन्दर्भ हो- आज (पुस ११) देखि सुरु हुन लागेको ‘१९ औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२’ को ।
रत्ननगर नगरपालिकामा अवस्थित यस पर्यटकीय नगरीमा बिहानैदेखि चहलपहल बढेको छ । महोत्सवको उद्घाटन समारोहमा झाँकी प्रदर्शन र स्वागतका लागि स्थानीय थारु महिलाहरू आ-आफ्नो परम्परागत पोसाक र गहनामा सजिन व्यस्त देखिएका छन् । उनीहरूको यो तयारीले सौराहाको सांस्कृतिक गरिमालाई अझ उचाइमा पुर्याएको महसुस हुन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवमा हात्तीका रोमाञ्चक खेलहरू प्रमुख आकर्षणका रूपमा रहनेछन् । आयोजकका अनुसार महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, ढुङ्गा दौड प्रतियोगितालगायतका विविध गतिविधि सञ्चालन हुनेछन् । साथै, हरेक साँझ हुने विभिन्न सांस्कृतिक कार्यक्रमले पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ ।
परम्परा र पर्यटनको यो अनुपम मिलनलाई क्यामरामा कैद गर्न कोही छुटेका छैनन् । उद्घाटन सत्रको पूर्वसन्ध्यामा सजिएका थारु महिलाहरूको तस्बिरले यहाँको सुन्दरतालाई शब्दमा भन्दा बढी बोल्ने प्रयास गरेका छन् ।
तस्बिरहरू :-





+ There are no comments
Add yours