Advertisement

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

0 1,049

Advertisement

२४ भदाै, काठमाडाैँ । नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् । 

मालेले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । मालेले एमसीसी राष्ट्रघाती भएको दावी गर्दै चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.